अत्तरिया, २२ असोज । कैलाली–४ का दुबै प्रदेश पनि आफ्नो पक्षमा उम्मेदवारी पार्न कांग्रेसले दबाब शुरु गरेको छ । आज बसेको क्षेत्रिय समितीको बैठकले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा चुनावको लागि भोलि दिउसो ठिक ४ बजे निर्वाचन आयोगमा कांग्रेसले उमेद्ववारि दर्ता गर्ने निर्णय गरेको छ ।
यस्तै प्रदेश पनि काँग्रेसको भागमा नै पर्नुपर्ने नेताहरुले बताएका छन । क्षेत्रिय समितीका सचिब जयराज फुलाराले सामाजिक सन्जाल मार्फत काँग्रेसले प्रदेशमा उम्मेदवारी दिने बताएका छन । गठबन्धनमा भएको सहमती अनुसार संघमा काँग्रेस, प्रदेश‘क’ मा समाजबादी र‘ख’ मा माओबादीले भाग पाउने चर्चा चलेको थियो । त्यसपछि काँग्रेस नेताहरु तरंगित बनेका थिए ।
प्रदेश‘ख’ मा काँग्रेसका केही नेताहरुको लबिङ जोडतोडले चलेको छ । काँग्रेसबाट यज्ञ चौधरी, सुरत कार्की, लोकराज पाण्डे, टिकादत्त जोशी अन्तिम सम्म पनि लबिङमा छन ।
उता प्रदेश‘ख’ मा माओबादीले आफ्नो भागमा पर्नु पर्ने भन्दै उम्मेदवारीको लागी रस्साकस्सी गरेको छ । माओबादीबाट तिलक चौधरी र मेघराज भट्ट लबिङमा छन । एमाले ले भने प्रदेश‘ख’ मा हरि सिं साउँदलाई उम्मेदवार बनाएको छ ।