धनगढी, २२ असोज । तिन दिन देखीको लगातारको बर्षाका घरमा डुबानमा परेपछि हुलाकी सडकमा बसेका छन् । हुलाकी सडक उच्च क्षेत्र भएकोले बाढी पिडितहरु अहिले हुलाकी सडकमा अस्थाई बसोबासका लागि टहरा निर्माण गरिहेका छन् । सुदूपश्चिममा तिन दिनदेखी लगातार रुपमा बर्षा भैरहेको छ ।
लगातारको वर्षाकाका कारण कान्द्रा र मोहना नदिमा आएको बाढी कारण भजनी नगरपालिकाका विभिन्न टोलहरु डुवानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक बेदप्रकाश जोशीले जानकारी दिए ।
भजनी गाउँपालीका ८ डुवान हुदा १५ घरधुरिका ४० जना हुलाकी सडक खण्डको किनारमा तिर्पाल रोकेर बसेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । त्यस्तै, भजनी नगरपालिका ८ का २५० घरधुरीका करिब ६००लाई उद्धार गरी हुलाकी सडक खण्डको किनारमा त्रिपाल मुनी बसिरहेका छन् ।
भजनी नगरपालिका ३ का ७० घर धुरीका २५० जना मानिसहरु राष्टिय मा.वि. ढुसीमा बसेका र वडा नम्बरका ३ का १५ घर धुरिका ६० जना मानिस हरु हुलाकी सडक खण्डमा बसेका छन् ।
लगातारको वर्षाकै कारण शुक्रबार भजनी नगरपालीका वडा.नम्बर २, ७ र ८ का पल्टापुर, मोहनपुर तिनघरुवा, शिबिर टोल, खल्ला टोल र पाण्डे टोलमा बाढी पस्दा करीब १९९ घर डुवानमा परेका थिए ।