धनगढी, २० असोज/ कैलालीको धनगढीमा बिहिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचन आयोगकी सदस्य डा. जानकी तुलाधरले धनगढीमा रहेको क्षेत्रिय स्वास्थ्य तालिम केन्द्रमा रहने गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन गरेकी हुन् ।
आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि कैलालीका लागि मुख्य निर्वाचन अधिकृत होमप्रशाद अर्यालयलाई तोकिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट कैलाली क्षेत्र नम्बर ५को प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको कार्य गर्ने गराउने र कैलालीको पाँच वटै निर्वाचन क्षेत्रको निर्वाचनको समन्वय गर्ने गरी कार्यालय स्थापना गरिएको निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले जानकारी दिए ।
असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्ने मिति तय भएकाले निर्वाचन कार्यक्रम अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो । कार्यालयले कैलालीको निर्वाचन कार्यतालिका अनुसार निर्वाचनका सम्पूर्ण काम अघि बढाउने र निर्वाचन आचारसंहिता पालना गरे, नगरेको अनुगमन समेत गर्ने बताईएको छ ।
कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना