धनगढी, १४ असोज । धनगढीको नवजीवन अस्पतालले यस वर्षबाट ४० जना विद्यार्थीलाई पि.सि.एल नर्सिङ अध्यापन गराउने भएको छ । दशैँ तिहारको बिदा सकिए लगत्तै पिसिएल नर्सिङ अध्यापन गराउने अनुमति पाएको अस्पताले जनाएको छ ।
त्यस्तै अस्पतालले यस वर्षबाट ४० जना विद्यार्थीहरूलाई पि.सि.एल नर्सिङ अध्यापन गराउन सिटीइभिटी र राष्ट्रिय चिकित्सा आयोगबाट अनुमति प्राप्त गरेको नवजीवन अस्पतालका प्रबन्ध निर्देशक यज्ञराज ढुङ्गानाले बताए ।
२०६८ शाल देखी स्वास्थ्य सेवा विभाग काठमाडौँ बाट ५० शैयाको सञ्चालन स्वीकृति लिई सञ्चालनमा रहेको अस्पतालले यो आर्थिक वर्षबाट १ सय शैयामा स्तरोन्नति गरेको निर्देशक ढुङ्गानाले बताए ।
हाल सम्म अस्पताले दिदै आएका सेवाहरु
१) बरिष्ठ हाड जोर्नी तथा नसा रोग विशेषज्ञ प्रत्यक दिन
२) बरिष्ठ प्रसुती तथा महिला रोग विशेषज्ञ प्रत्यक दिन
३) बरिष्ठ बाल रोग विशेषज्ञ प्रत्यक दिन
४) बरिष्ठ ल्याप्रोस्कोपिक सर्जन प्रत्यक दिन
५) बरिष्ठ मानसिक तथा स्नायुरोग विशेषज्ञ प्रत्यक दिन
६) बरिष्ठ पेट,छाती तथा मुटुरोग विशेषज्ञ प्रत्यक दिन
७) बरिष्ठ एनेस्थेशियोलोजिष्ट एवं क्रिटीकल केयर सेवा प्रत्यक दिन
८) बरिष्ठ मुटुरोग विशेषज्ञ(डि.एम. कार्डियोलाजी) प्रत्यक
९) बरिष्ठ नेफ्रोलाजि (डाईलासिस विशेषज्ञ) हरेक शुक्रबार र शनिबार
१०) बरिष्ठ छाला –चर्मरोग),एजर्ली,यौन (गुप्तरोग) तथा सौन्दर्य विशेषज्ञ प्रत्यक दिन
११) बरिष्ठ नाक,कान तथा घांटी रोग विशेषज्ञ प्रत्यक दिन
१२) बरिष्ठ युरो सर्जन तथा मि.नी पिसिएनएल
१३) बरिष्ठ फिजियोथेरापिष्ट प्रत्यक दिन