काठमाडौँ, ११ असोज । अभिनेता दिलिप रायमाझी क्लबमा पुगेर ‘लोकल’ ठर्रा पिउँदै मस्ती गरेका छन्।हास्य कलाकार एवम् गायक राजा राजेन्द्र पोखरेल र शान्तिम कोइरालाको आवाजमा रहेको गीतको भिडिओमा उनले लोकलको मागेका हुन्।
लोकलको माग गर्दै रमाइलो शैलीमा प्रस्तुत भएका दिलिपपलाई समारिका र स्मारिका ढकालले साथ दिएका छन्।राजा राजेन्द्र पोखरेलका शब्द संगीतमा रहेको गीतको भिडिओमा गायक पोखरेल र शान्तिम कोइरालाको समेत अभिनय छ।
मदिरा पिएपछि गर्ने उटपट्याङ गतिविधिलाई गीतमा रोचक ढंगले प्रस्तुत गरिएको छ।शिव विकको निर्देशनमा बनेको गीतमा शिव विककै कोरियोग्राफी छ। सौरभ लामाको छायांकन रहेको गीतको भिडिओलााई मिलन विश्वकर्माले सम्पादन तथा रंगसंयोजन गरेका छन्।