धनगढी, ३ असोज । नेपाली कांग्रेसकी नेतृ डा.आरजु राणा देउवालाई डडेल्धुराबाट समानुपातिक पदको उम्मेदवारको रूपमा सिफारिस गरिएको छ।
सुदूरपश्चिम प्रदेश कमिटीले आइतबार साँझ टुङ्ग्याएको सूचीमा राणालाई खस आर्य महिला समूहबाट समानुपातिक पदका लागि सिफारिस गरेको हो।
राणाको नाम यसअघि सुदूरपश्चिममा कैलाली–५ बाट प्रत्यक्ष तथा डडेल्धुराबाट समानुपातिक उम्मेदवारका लागि सिफारिस भएको थियो। २०७४ को निर्वाचनमा उनी कैलाली–५ मा नारदमुनि राणासँग पराजित भएकी थिइन्।