धनगढी, २ असोज । धनगढीमा सात दिन देखि अनसनरत रहेका डा.गोबिन्द केसीको माग पूरा गर्न आग्रह गर्दै धनगढीमा नगरीक समाज प्रदर्शनमा उत्रिएको छ । आईतवार बिहान बोलन्या थलि, स्वतन्त्र समाजका युवा र नागकरीक समाजले उनको स्वास्थ्य अवस्थाको जानकारी लिई माग सम्बोधन गर्न दवाब दिन धनगढीको पार्कमोडमा प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सहभागी स्वतन्त्र समाजका युवा तथा सदस्यहरुले सरकारसँग डा. केसीको माग सम्बोधन गर्न आग्रह गरेका छन् । प्रदर्शनमा सहभागीहरुले डाक्टर गोविन्द केसीका माग पुरा गर, सत्याग्रही मार्न खोज्दै हो सरकार, सरकार गुणस्तरीय स्वास्थ्य सेवा पाउनु हाम्रो संवैधानिक अधिकार हो।
स्वास्थ्य सेवामा सुधारका लागि तोकिएको दरबन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका सबै सरकारी अस्पतालहरुको तत्कालको दरबन्दी हालको बेड संख्या अनुसार बढाइनु पर्ने माग गरेका छन् । जनसंख्या वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरुको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि सुनिश्चित गर्नु पर्ने उनको माग छ ।
संविधानले सबैका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरेकाले सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण, एक्सरे लगायत आधारभूत सेवाका लागि शुल्क लिन निषेध गरिनु पर्ने, सरकारले तोकेको सूची अनुसारको सबै औषधिहरु आवश्यक मात्रामा सबै स्वास्थ्य संस्थामा भएको सुनिश्चित गर्नु पर्ने केसीको माग छ।यसैगरी, स्थानीय तहको बजेटको कम्तीमा आधा हिस्सा स्वास्थ्य शिक्षा क्षेत्रमा लगानी गर्ने व्यवस्था गरिनु पर्ने, देशभर दीगो स्वास्थ्य सेवा पु¥याउनका लागि ठूलो संख्यामा स्थायी चिकित्सक र स्वास्थ्यकर्मीको नियुक्ती गरिनु पर्ने माग राखिएको छ ।
सरकारी स्वास्थ्य संस्था वरिवरि मापदण्ड नपु¥याइ खुलेका र जोखिमपूर्ण सेवा दिइरहेका संस्थालाई कारबाही गरिनु पर्ने माग केसीको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी छाता ऐन जारी गरिनु पर्ने उनको माग छ । आवश्यक कानूनी व्यवस्था गरी गेटा मेडिकल कलेजलाई तत्काल सञ्चालन गर्ने व्यवस्था मिलाउनु पर्ने, विभिन्न प्रतिष्ठानहरुमा जनशक्तिको अभाव पूर्ति गर्दै दाङ लगायत मधेस र गण्डकी प्रदेशमा तुरुन्त सरकारी मेडिकल शिक्षण संस्था निर्माण सुरु गरिनु पर्ने लगायतका माग छन् ।