• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कञ्चनपुरमा उखुमा रेड रड रोगको समस्या

कञ्चनपुर, २८ भदौ । कञ्चनपुरको बेलौरी नगरपालिका ८ का किसानले रोपेका उखु खेतीमा रेड रड(रातो सडन) रोग समस्या देखा परेको छ। किसानले ६० विघा बढी जग्गामा रोपेको उखुमा सो रोग देखापरेको हो।

पानी जम्ने खेतमा रोपिएको उखुमा रोग देखा परेको नगरपालिकाको कृषि शाखाका प्रमुख सुमनराज भट्टले जानकारी दिए। “किसानले रोपेको १५ विगाह बढीको उखु पुरै सखाप भएको छ” उनले भने, “अरु किसानको १० प्रतिशत देखि ८० प्रतिशत सम्म उखु बालीमा रोगले नोक्सानी गरेको छ।” सिओ २३८ र सिओ २०८ जातको उखुमा रोग बढी देखा परेको छ।

“यस रोगका कारण उखुका पात सुक्ने र उखुलाई चिरेर भित्र हेर्दा पुरै रातो देखिने गरेको छ, उखु सडेर नराम्रो गन्ध समेत आउछ, यो एक प्रकारको उखुमा लाग्ने क्यान्सर नै हो” शाखा प्रमुख भट्टले भने, “यसको रोकथामका लागि किसानलाई ढुसिनासक विषादी उपलब्ध गराउने कार्य भैरहेको छ।” चिनी मिलले समेत किसानलाई सल्लाह संगै विषादी उपलव्ध गराएको छ।

उखु खेती गरेका किसान कर्मु रानाले उखु बालीमा रेड रड नामक रोगले नोक्सानी गर्न थालेको बताए। “उखु खेती गरिएको पाँच विघा जग्गाको धेरै ठाउमा रोग देखा परेको छ” उनले भने, “रोगबाट उखु जोगाउनका लागि ढुसिनासक बिषादी छर्कने कार्यमा जुटेको छु । रोपेको १० प्रतिशतमा रोग देखिएको छ।” अर्का किसान भम्टा रानाले तीन विघा जग्गामा उखु खेती गरिएको मध्ये एक विघा जग्गाको उखु रोगका कारण पुरै सुकेर नोक्सानी भएको बताए।

“ऋण लिएर उखु खेती गरेको थिए” उनले भने, “उखु रोगका कारण सुकेपछि तीन लाख बढीको नोक्सानी व्यहोर्नु परेको छ।” “शुरुआतमै रोग लाग्न लागेको बेला ढुसिनासक विषादी छर्किए यसले नियन्त्रण गर्छ” उखु किसान असारे वडाकले भने, “रोग लागि सकेपछि नियन्त्रण गर्न गाह्रो हुन्छ।” व्यापक रुपमा रोग फैलिएकाले उखु काटिदा सम्म निकै नोक्सान पुर्याउने उनले बताए।

अहिले सम्म १५० किसानले रोपेको उखु बालीमा नोक्सानी भएको छ। यसबाट उनीहरुले ५० लाख बढीको नोक्सानी व्यहोरेका छन्। नगरपालिकाको कृषि विकास शाखाका कृषि प्राविधिक हरिश सेठीका अनुसार यस रोगको लक्षण साउनबाट उखुमा लाग्न सुरु हुन्छ। यसको बेलैमा उपचार गरिएन भने पछि यसले उखुमा धेरै नोक्सान पुर्याउँछ । रासस

 

मङ्गलबार, भदौ २८, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो

Recent Posts

  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.