धनगढी, २७ भदौ । कैलालीको गौरीगंगा नगरपालिका मसुरिया साझाबजार स्थित नेपाल टेलिकमको टावरमा समास्या आएपछि नेटवर्क नहुदा स्थानीय समस्यामा परेका छन् ।
आइतबार बिहानदेखि नेटवर्क नहुदा स्थानीयबासी कुराकानी गर्न बन्चित भएका हुन् । २ दिनदेखि नेटवर्क अबरुद्ध भएपनि टेलिकमका कर्मचारीले मर्मत कार्यसमयमै नगर्दा अबरुद्ध भएको नेटवर्कको समस्या सामाधान हुन सकेको छैन ।
।पटक पटक नेटवर्क समस्या आइरहे पनि समयमै मर्मत नहुँदा स्यानीबासी मर्कामा परेका छन् ।
दैनिक जसो महत्वपूर्ण कामको लागि फोन गर्नुपर्ने हुन्छ टेलिकमका कर्मचारीले काटिएको अप्टिकल फाइबर बनाउन ढिलासुस्ती गर्छन् समयमै नबन्दा कुराकानी गर्न समस्या परेको स्थानीय प्रकाश साउदले वताए ।
मसुरिया क्षेत्रमा अप्टिकल फाइबर काटिएकोले मर्मत कार्य भइरहेको र आज साझसम्म नेटवर्क आउने नेपाल टेलिकमका प्रमुख सुरत मल्लले वताए ।