धनगढी, २७ भदौ । धनगढी उपमहानगरपालिका–२ बाट अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित २ जना पक्राउ परेका छन्।
आइतबार बेलुकी उपमहानगरपालिका–३ बस्ने २१ वर्षीय अशोक अधिकारी र २४ वर्षीय मोहित जोशी करिब १ ग्राम ९ सय ३० मिलीग्राम ब्राउन सुगरसहित समातिएका हुन्।
प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्ट बसपार्क कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको थियो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।