धनगढी, १५ भाद्र/कैलालीमा पनि डेँगुको प्रकोप देखिएको छ । कैलालीमा उपचारका क्रममा एक महिला डेँगुका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले पुष्टी गरेका छन् ।
धनगढी उपमहानगरपालिका–१२ की ३५ वर्षीया गीता शाहीको मृत्यु निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
शाहीको मंगलबार बिहान उपचारकै क्रममा मृत्यु भएपनि बुधबारमात्र पुष्टि भएको थियो । डेंगु संक्रमित शाहीमा कार्डियाकपल्मोनरी एरेस्ट भएको थियो ।देशभर ७० जिल्लामा डेंगुका बिरामी फेला परिरहेका छन् ।
कैलालीमा २५ जना डेँगु संक्रमित
स्वास्थ्य कार्यालय कैलालीका अनुसार साउन १ गते यता कैलालीको लम्की चुहा नगरपालिकामा मात्र २५ जनामा डेंगुको संक्रमण देखिएको छ ।खासगरी असारदेखि असोजसम्म डेंगुका बिरामी देखिने गरेको स्वास्थ्य कार्यालय प्रमुख धामीले बताए । डेंगुको संक्रमण बढ्दै गएपछि कैलालीका १३ वटै स्थानीय तहलाई सचेत रहन र संक्रमण रोक्न अभियान सञ्चालनका लागि पत्राचार गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।