बाजुरा, १२ भदौ । बाजुरामा राति १० बजेपछि नाचगान गर्न नपाईने भएको छ । जिल्लामा तीजका अवसरमा हुने नाचगान लगायतका विभिन्न साँस्कृतिक कार्यक्रमहरु राति १० बजेपछि नगर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय बाजुराले सूचना जारी गर्दै गरेको छ।
बाजुरामा जिल्ला सुरक्षा समितिको १० गते बसेको बैठकको निर्णयअनुसार राति १० बजेपछि नाचगान गर्न नपाइने, तामझाम तथा भड्किलो कार्यक्रम गर्न नपाईने सामाजिक रितिरिवाज विपरित कार्यक्रम गर्न नपाईने र जिल्लास्थित मदिरा कारोबार गर्ने इजाजत प्राप्त सम्पूर्ण व्यवसायीहरुले राति ९ बजेपछि मदिरा विक्रि वितरण नगर्न सूचनामा भनिएको छ।
प्रचलित कानुन र निर्णय विपरीत कार्य गरेको पाइए कारबाही गरिने सूचनामा उल्लेख छ।
