धनगढी, २६ साउन । कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका–१ का दुई बालक बेपत्ता भएका छन्। बलबहादुर रानाका दुई वर्षीय छोरा आयुस राना हराएका प्रहरीले बताएको छ।
बुधबार सुस्तमनस्थिति भएका ७ वर्षीय बालकले आयुसलाई लगेर गएका र पछि दुवै जना घर नफर्किएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए। उनीहरुको खोजी भइरहेको प्रहरीले बताए।