धनगढी, २५ साउन/धनगढीस्थित नवजीवन हस्पिटलमा २७ र २८ गते निशुल्क मृगौला जाँच शिविर हुने भएको छ ।शिविरमा बरिस्ठ मृगौला रोग विशेषज्ञ डा। अर्चन शम्शेर राणा, बरिस्ठ मृगौला रोग विशेषज्ञ डा। बिक्रम वीर बज्रचार्य, बरिस्ठ मृगौला रोग विशेषज्ञ डा. दिवाकर मानन्धरबाट मृगौला स्वास्थ्य परिक्षण गराइने नवजीवन हस्पिटलका सिईओ चक्र खडायतले जानकारी दिए ।
शिविरमा निस्शुल्क स्वास्थ्य परामर्श मृगौला, निस्शुल्क पिसाब, भिडियो एक्सरे ५० प्रतिशत, सादा एक्सरेमा ५० प्रतिशत र रगत जाचमा २० प्रतिशत छुट रह्ने हस्पिटलक सिईओ खडायतले बताएका छन् ।