काठमाडौँ, २३ असार । भारतमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का १८ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ हजार ९३० नयाँ संक्रमित थपिएका हुन्।
उक्त अवधिमा संक्रमणको कारण ३५ जनाको मृत्यु भएको छ। यद्यपि यसमा केरलामा यसअघि नै मृत्यु हुने १७ जनाको विवरण पनि समावेश छ।
पछिल्लो केही समययता भारतमा कोभिड–१९ का नयाँ संक्रमित थपिन थालेका छन्।पछिल्लो २४ घण्टामा केरलामा सबैभन्दा धेरै ४ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् भने महाराष्ट्रमा ३ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।
त्यस्तै तामिलनाडु र पश्चिम बंगालमा दुई हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। कर्नाटकमा नयाँ संक्रमितको संख्या एक हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।
भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या १ लाख १९ हजारभन्दा धेरै पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र कोरोनाका सक्रिय संक्रमितको संख्या ४ हजार २४५ ले थपिएका छन्।