मसुरिया २६कार्तिक- मादक पदार्थ सेवन गरी मोटरसाईकल चलाउने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय (शाखा अधिकृत स्तर) सचिव प्रेम कुँवरले चालाएको मोटरसाईकलको ठक्करबाट तिन जना घाईते भएका छन् ।
मादक पदार्थ सेवन गरी मोटरसाईकल चलाउँदा पूर्वपश्चिम राजमार्गमा गोरुगाडालाई ठक्कर दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले कुँवरले गौरीगंगा १० टीकाराम चौधरीको गोरुगडालाई ठक्कर दिदा उनी घाईते भएको जनाएको छ । चौधरीको घोडाघोडी अस्पतालमा उपचार भईरहेको छ। गोरुगाडामा सवार तीनजनाको अवस्था समान्य रहेको छ । स्वकीय सचिव कुँवरलाई चोट नलागेपनि उनले चलाएको से १ ब १२९७ नम्बरको मोटरसाईकल नचल्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।