धनगढी २६ कार्तिक- नेपाली काँग्रेसका सभापति एवम् पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा कार्तिक २८ सुदूरपश्चिम प्रदेशमा आउने भएका छन् । सभापति देउवा सहित नेपाली काँग्रेसकी निति, अनुसंधान तथा प्रशिक्षण प्रतिष्ठानकी सदस्य डा. आरजु राणा देउवा पार्टी कार्यक्रमका लागि धनगढी आउने भएका हुन् ।
डा. आरजु राणा देउवा नेपाली काँग्रेसका तर्फबाट कैलाली क्षेत्र नम्बर ५बाट प्रतिनिधि सभा उमेद्बार समेत भैसकेकी हुन् । सभापति देउवाको कार्तिक २९ गते कञ्चनपुरको महेन्द्रनगरमा नेपाल शिक्षक संघको प्रदेश सम्मेलन र ३० गते धनगढीमा हुने महिला संघको जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रम उद्घाटन् गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाह मनुले जानकारी दिए ।
जिल्ला सभापति शाहका अनुसार कार्तिक २८ गते दिउँसो दुई बजे धनगढी विमानस्थलमा आईपुग्ने कार्यक्रम तय भएको जानकारी दिए । सभापति देउवाको स्वागतका लागि सम्पुर्ण काँग्रेस कार्यकर्ता तथा शुभचिन्तकहरुलाई धनगढी बिमानिस्थलमा आउन समेत जिल्ला सभापति शाहले आग्रह गरेका छन् । सभापति देउवा सुदूरपश्चिमका बिभिन्न कार्यक्रम सकेर ३० गते नै काठमाण्डौ फर्कने छन् ।