श्यामसुन्दर देउवा
धनगढी ,५ असार/धनगढीमा कराते खेलको भवनको शिलान्यास गरिएको छ । आईतबार एक कार्यक्रम बिच रंगशाला परिसरमा काराते भवनको उद्धघाटन सामाजिक बिकस राज्यमन्त्री टेकबहादुर रैकाले शिलान्यास गरेका हुन् ।
कार्यक्रमको शिलान्यसा गर्दै राज्यमन्त्री रैकाले खेलाडी राष्ट्रका गहना भएको यिनको बिकास गर्न सबैले सकारात्मक भएर अगाडि बढ्नुपर्ने बताए । करातेको भवन निर्माण पछि यो खेलको बिकासमा टेवा पुग्ने सितोरियो कराते संघका अध्यक्ष भोजबहादुर बमले जानकारी दिए । पछिल्लो समयमा सितोरिय कराते लोकोपृय बन्दै गएकोले यसको बिकास गर्न सबैले हातेमाले गर्नुपर्ने बताए ।
करातेको भवन निर्णमाणका लागि हामीले सबै प्रक्रीया पुरा गरेको सकेको बताउदै कैलाली जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष ललित खत्रीले बाताउदै खेल मैदानको विकाससँगै खेलाडीहरुको पनि विकास गर्ने उदेश्य रहेको बताए ।
राष्ट्रिय खेलकुद परिषदको बजेट बिनियोजन भएको रकमबाट भवन निर्माण भैरहेको छ । रगंशालामा खेलिने जुनसुकै खेलमा कुनै पनि बादा नपर्ने गरी कराते खेल प्रति चासो देखोउने खेलाडी प्रति आफ्नो जिम्मेवारी दायित्व पु्रा गर्दै अगाडि बढाउने अध्यक्ष खत्रीले बताए । रगंशाला भवन निर्णमान गर्नेका लागि ३० लाख सामाजिक विकास मन्त्रालय र २० लाख जति अन्य निकायबाट सहयोग गरेको खत्रिले बताए ।