धनगढी,२४ कातिक
चिकित्सा शिक्षा सुधारका लागि भन्दै १७ औ पटक डडेलधुरामा अनशनरत प्रा.डा. गोविन्द केसीको अभियानमा ऐक्यवद्धता जनाउन नागरिक समाज कैलाली र कैलाली बहुमुखी क्याम्पस प्रध्यापकहरु डडेल्धुरा पुगेका छन् ।
डडेल्धुरा पुगेर अनशनरत प्रा.डा. गोविन्द केसीको माग पुरा गर्नुपर्ने र उनको जिवन रक्षा गर्नुपर्ने भन्दै निकालिएको दवाव र¥यालीमा सहभागि भएको प्रजातन्त्रवादी प्रध्यापक संघ कैलालीका सभापती मिन कुँवरले बताए । राम्रो डाक्टर केसीले राखेका जायज मागमा ऐक्यवद्धता छ । प्रध्यापक संघको टोलीले डडेल्धुरा अस्पतालमा पुगेर अनशनरत प्रा.डा. गोविन्द केसी संग भेट समेत गरेका थिए ।
डडेल्धुरामा सोमबारदेखि अनशन सुरु गरेका डा. केसी सदरमुकामस्थित अस्पतालनजिकैको निर्मल क्लिनिक रहेको घरको तेस्रो तलामा अनशन बसेका थिए । केसीका मागको समर्थनमा डडेल्धुरामा दिनहुँजसो प्रदर्शन भइरहेका छन् ।
डाक्टर केसीको अनसनमा कैलाली बहुमुखी क्याम्पसका प्रध्यापकको ऐक्यवद्धता
डाक्टर केसीको अनसनमा कैलाली बहुमुखी क्याम्पसका प्रध्यापकको ऐक्यवद्धता