• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

जलेर घाइते भएकी महिलालाई बुद्ध एयरले लैजान मानेन, धनगढी विमानस्थलमै छाडेर उड्यो

काठमाडौं, १२ जेठ ।  कहिले यात्रुमाथिको व्यवहार त कहिले विभिन्न असुरक्षाका घटनाबाट चर्चामा रहने बुद्ध एयरले फेरि आगोले जलेकी एक महिलालाई बोक्न नमान्दा आलोचित बनेको छ। तत्कालै अस्पताल पुर्‍याउनुपर्ने अवस्थाको घाइतेलाई पाँच घण्टा विमानस्थलमा कुराएर छाडेर उडेको हो।

बाजुरा बुढिगंगा नगरपालिका १० की २३ वर्षकी आगोले जलेर घाइते भएकी लोकशरी कुँवरलाई बुधबार राति १० बजे बुद्ध एयरले धनगढी विमानस्थलमै छाडेर उडेको हो। हवाई उडानको सेवा घाइतेको उद्धारको लागि पहिलो प्राथमिकतामा हुनुपर्ने हो। त्यो मान्यताविपरीत बुद्धले भने इमर्जेन्सी उपचार पाउनुपर्ने घाइतेलाई पाँच घण्टा कुराएर अमानवीय ढङ्गबाट छाडेर हिँडे पछि आलोचना भएको छ।

अघिल्लो दिन नै टिकट बुक गरेकी उनी बुधबार साँझ पाँच बजे एयरपोर्ट पुगेकी थिइन्। जहाजको उडान तालिका साँझ ७ बजेर २५ मिनेटमा थियो। एयरपोर्टका बुद्ध एयरका कर्मचारीले उनलाई उडान केही घण्टा ढिलो हुने भन्दै पर्खाएर राखे। त्यति बेलासम्म बुद्ध एयरका कर्मचारीले घाइतेका श्रीमान् केन्द्रसँग मन्जुरीनामा कागज बनाएर हस्ताक्षर गराइसकेका थिए। घाइते वा गम्भीर प्रकृतिका बिरामीलाई विमानमा लैजानुअघि परिवार वा नजिकका आफन्तसँग मन्जुरीनामा लिने गरिन्छ।

साथै, घाइते र उनको सहयोगीको रूपमा गएका श्रीमानको गरी २ ओटा टिकेटको बोर्डिङ पास दिइसकेको थियो। बुद्धका कर्मचारीले घाइतेको अवस्था समेत हेरेका थिए। ह्वील चियरमा बसिरहेकी घाइतेले आफू विमानमा बस्न सक्ने बताएकी थिइन्।

त्यति बेला विमानस्थलमा बुद्धको जहाज थिएन। काठमाडौं जान पर्खिरहेका यात्रुलाई लिन राति ९ बजेपछि मात्रै काठमाडौंबाट विमान धनगढी पुग्यो। केही बेरपछि यात्रुलाई विमानमा चढाउन विमानस्थलको १ नम्बर गेटबाट रनवेतिर बोलाइयो। घाइते लोकशरीलाई पनि ह्विलचियरमा सहयोगीले लैजादैथिए। तर, बुद्ध एयरका कर्मचारीले रोके। ‘घाइतेलाई विमानमा नचढाउन पाइलटले भनेका’ भन्दै विमानका कर्मचारीले लैजान दिएनन्।

आगोले जलेर घाइते भएकी बाजुरा बुढिगंगाकी लोकशरी कुँवर उनका पति र सहयोगीका साथ चिकित्सकले घाइतेलाई जहाज चढ्न मिल्छ भनेर सिफारिस गरेका थिए। घाइतेसँगै बुढिगंगा नगरपालिका स्वास्थ्य संयोजक दीपक शाह पनि एयरपोर्ट पुगेका थिए। उनैले घाइतेको टिकट बन्दोबस्त गरिदिएका थिए। चार घण्टा कुराएर मन्जुरीनामा र बोर्डङ पास बनाइसकेको घाइतेलाई लैजान नसक्ने बताएपछि विमानस्थलसम्म छाड्न गएकाहरूले जसरी पनि लैजान भन्दै अनुनय विनय गर्न थाले।

‘पाइलटको आदेश’ भन्दै आफूहरूको हारगुहार बुद्धका कर्मचारीले नसुनेको बुढीगंगा नगरपालिका स्वास्थ्य संयोजक दीपक शाहले  भने, ‘‘म आफैँ स्वास्थ्यकर्मी हुँ। उहाँको उपचारमा सहयोग गरिरहेको थिए। उहाँलाई विमान सजिलै बस्न सक्नुहुन्थ्यो। उनी ह्विलचियरमा बसिरहनुभएको थियो। सबै प्रक्रिया पूरा भएपछि अन्त्यमा बिरामीमालाई लैजान मानेनन्। पाइलटले बिरामीलाई पनि हेरेनन्। कर्मचारीहरूले नै पाइलटले लान नमानेको बताए।’’

७ हजारको टिकटमा उडाउन नमानेपछि ३६ हजार तिरेर एम्बुलेन्स बुद्ध एयरले घाइतेलाई छाडेपछि आफन्तहरूले ३६ हजार रुपैयाँ तिरेर एम्बुलेन्स भाडामा लिए। यो समाचार प्रकाशित हुँदा (बिहीबार मध्यान्न १ बजे) घाइते बोकेको एम्बुलेन्स रुपन्देही आइपुगेको छ। बाजुरा बुढिगंगा १० लोकशरी अछामको बयलपाटा अस्पतालमा उपचाररत थिइन्। बयलपाटा अस्पताले उपचार सम्भव नभएको भन्दै काठमाडौं रिफर गरेको थियो। उपचारको लागि ढिला हुँदा उनको अवस्था जटिल बनेको श्रीमान् एकेन्द्र कुँवर बताउँछन्।

‘‘जहाजले लैजान नमानेपछि एम्बुलेन्सको खोजी गरियो। बल्ल बल्ल ३६ हजार रुपैयाँमा सस्तो पाइयो। अरूले पैसा खोजखाज गरेर एम्बुलेन्स रिजर्भ गरिदिए। हामी अहिले काठमाडौं जाँदै छौ,’’ एकेन्द्रले टेलिफोनमा भने, ‘‘हिजै अस्पताल पुर्‍याउनुपर्ने बिरामी अझै बाटोमा छ। अवस्था झन्भन्दा झन् गम्भीर बनेको छ।’’

घाइतेलाई अस्पतालले रिफर गरे पनि उपचारको पैसा नभएपछि विभिन्न व्यक्तिसँग सहयोग जुटाइएको थियो। बुद्ध एयरलाइन्सले नलगेपछि फेरि एम्बुलेन्सको लागि पैसा जुटाउँदा केही समय लागेको थियो।

लोकशरी कुँवर धनगढीबाट एम्बुलेन्समै बसेर काठमाडौं आउँदै छिन्, उनी बस्न नसक्ने भन्दै बुद्ध एयरले छाडेर आएको थियो।आलोचनापछि बुद्धको दाबी स् स्ट्रेचर मगाएको भए लैजान्थ्यौँआकस्मिक रूपमा अस्पताल पुर्‍याउनुपर्ने बिरामीलाई छाडेको बुद्ध एयरले भने घटनाबारे प्रतिक्रिया दिन मानेको छैन। बजार निर्देशक तथा जनसम्पर्क अधिकारी रूपक जोशीले घटनाबारेमा धनगढीको म्यानेजरसँग सोध्नुपर्ने बताए। आफूलाई केही जानकारी नभएको भन्दै उनी पन्छिए।

बुद्ध एयर धनगढीका व्यवस्थापक बुद्धराम चौधरीले भने बिरामी बस्न नसक्ने भएकाले लैजान नमानेको बताए। पहिले जानकारी गराएमा स्ट्रेचर उपलब्ध हुने भन्दे नर्मल सिटको टिकट काटेकाले नलगिएको उनी बताउँछन्।

‘‘ती बिरामी ह्विलचेयरमा बस्न नसक्ने अवस्थामा थिइनन्। अनि कसरी आकाश माथि डेढ घण्टा बस्न सक्थिन्। दिउँसै खबर गरेर स्ट्रेचर चाहियो भनेको भए उहाँलाई लग्न सकिन्थ्यो तर उहाँहरूले नर्मल टिकट काट्नुभयो,” उनले भने।साभार

 

बिहिबार, जेठ १२, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु

Recent Posts

  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.