• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

स्टार्टअप फेस्टमा शीर्ष ५ भित्र परे एसपीएका दुई प्रोजेक्ट

धनगढी, १२ जेठ । लिभिङ विथ आइसिटी र आइसिटी फाउण्डेसन नेपालको संयुक्त आयोजनामा सोमबार धनगढीमा भएको सुदूरपश्चिम प्रदेशस्तरीय स्टार्टअप एण्ड आइडिया फेस्टमा सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए)का विधार्थीहरुले बनाएका दुई प्रोजेक्टहरु शीर्ष ५ भित्र पर्न सफल भएका छन् ।

आयोजकले फेस्टमा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट प्रस्तुत भएका २५ भन्दा बढी प्रोजेक्टहरुमध्येबाट उत्कृष्ट ५ प्रोजेक्ट घोषणा गरेको थियो । त्यसमा एसपीएका सुचना व्यवस्थापन (बीआईएम) विषयमा स्नातक अध्ययनरत विधार्थीहरुले बनाएका ‘स्मार्ट डस्टबिन’ र ‘सस्तो किताब’ नामक दुई प्रोजेक्ट शीर्ष ५ भित्र छानिन सफल भएका हुन् ।

उत्कृष्ट ५ भित्र पर्न सफल प्रोजेक्टहरुले अब काठमाडौंमा हुने राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँनेछन् । काठमाडौंमा देशैभरिका सातै प्रदेशबाट छनोट भएर आएका उत्कृष्ट प्रोजेक्टहरुबीच प्रतिस्पर्धा हुनेछ । यस्तै उक्त प्रोजेक्टहरु अघि बढाउँन र थप विकासका लागि सम्भावित लगानी खोज्न सहयोग गर्ने आयोजकले जनाएको छ ।

एसपीएमा बीएचएम चौथो सेमिस्टरमा अध्ययनरत् विधार्थीहरु नरेश विष्ट, ललितराज जोशी, रमेश बोहरा र सन्तोष लुहारले स्मार्ट डस्टबिन प्राजेक्टको विकास गरेका हुन् । सेन्सरउक्त उक्त स्मार्ट डस्टबिनको ढोका मानिसहरु नजिक जादा आफै खुल्ने र डस्टबिनबाट टाढा जादा आफै बन्द हुने हुन्छ ।

‘डस्टबिनमा फोहोर चिजबस्तु फाल्ने गरिन्छ । हातले छोएर ढक्कन खोल्नुपर्दा त्यसमा भएका किटाणुहरु हातमा टासिने हुनसक्छ । त्यसबाट रोगब्याधी फैलने सम्भावना हुन्छ,’ प्रोजेक्टमा काम गरेका विधार्थी ललितले भने, ‘हाम्रो स्मार्ट डस्टबिनको प्रयोगबाट ढक्कन छुन पर्दैन । मानिसहरु फोहर फाल्न नजिक जादा आफै खुल्छ भने मानिसहरु डस्टबिनबाट टाढा जादा आफै बन्द हुन्छ । आफै बन्द हुने भएकाले डस्टबिनको गन्ध वातावरणमा पनि फैलन पाउँदेन ।’

सस्तो किताब डटकम बीआइएम छैटौं सेमिस्टरमा अध्ययनरत ललित अवस्थीलगायत विधार्थीहरुले तयार पारेको प्रोजेक्ट हो । यस प्रोजेक्टबाट विधार्थीहरुले नयाँ तथा पूराना किताबहरु किन्न सक्छन् । आफूसँग भएका पूराना किताबहरु वेवसाइटमार्फत बेच्न समेत सकिन्छ । साइटमा महँगा किताबहरु आधा मुल्यमा पाइने गरेका छन् ।

‘कतिपय विधार्थीहरुले पढ्न चाहेका थुप्रै पुस्तकहरु महँगो मूल्यका कारण किन्न सकिरहेका हुँदैनन,’ ललितले भने, ‘त्यसकुरालाई मध्यनजर गर्दै हामीले यो अवधारणा ल्याएका हौं । यहाँ विधार्थीहरुले पूराना पुस्तकसँगै नयाँ पुस्तक, क्लास नोटहरु, प्रश्नावलीहरुलगायत शैक्षिक सामाग्रीहरु प्राप्त गर्न सक्छन् ।’

एसपीए बीआइएम विभाग प्रमुख उपप्रध्यापक तथा इन्जिनियर भीम पुन र सुपरभाइजर रविन्द्र राना र सन्देश यादवको नेतृत्वमा विधार्थीहरुले उक्त प्रोजेक्टको विकास गरेका हुन् ।

‘एसपीएको एउटा स्लोघन(नारा) छ, हामी विकास गर्दैन, हामी आविष्कार गर्छौ,’ बीआइएम विभाग प्रमुख पुनले भने, ‘त्यही स्लोघन २०–२५ दिनको बीचमा एसपीएका विधार्थीहरुले यी प्रोजेक्टहरुको आविष्कार गरेका हुँन् । छोटो समयमै उनीहरुले उनीहरु सुदूरपश्चिम क्षेत्रकै उत्कृष्ट नवप्रवर्तकमा चुनिनुभएकोमा हामी गौरवाम्वित छौं ।’

विधार्थीहरुले विहान ६ बजेदेखि बेलुका ६ बजेसम्म यी प्रोजेक्टका लागि काम गरेको पुनले बताए । मानिसहरुका दिनानुदिन समस्याको निराकरणका लागि विधार्थीहरुले उपयोगी उपकरणहरु बनाएकै कारण उत्कृष्टभित्र पर्न सफल भएको उनले बताए ।

फेस्टमा पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश शाह र सुदूरपश्चिम प्रदेशमन्त्री डा रणबहादुर रावलले विधार्थीहरुलाई उत्कृष्टताको प्रमाणपत्र प्रदान गरेका थिए ।

‘एसपीएले संख्या भन्दा गुणस्तरमा विश्वास गर्छ, स्किलमा फोकस गर्छ । सैद्धान्तिकमात्रै पढेर अबको प्रतिस्पर्धी बजारमा विधार्थीहरु अवसर पाउँन सक्दैनन,’ पुनले भने, ‘बीआइएमको स्कोप ब्रोड छ। पढ्दै जागिर गर्न सकिन्छ। सरकारी कार्यालय(आइटी अफिसर), बैंकिङ, शैक्षिक संस्था, उद्यमशिलता, स्टार्टअप, मध्यम, साना व्यापार व्यवसाय जहाँपनि आइटीको आवश्यकता पर्ने भएकाले बीआइएमको अवसर जतासुँकै उच्च रहेको छ।’

बीआइएम प्लस टूमा विज्ञान पढेका र नपढेका दुबै विधार्थीले अध्ययन गर्नसकिने विषय हो । विज्ञान संकायबाहेकका विधार्थीले सिम्याट गर्दै भर्ना हुनसक्छ । एसपीएको बिआईएममा ३३ जना विधार्थीहरु बीआईएममा भर्ना हुने कोटा रहेको छ ।

बिहिबार, जेठ १२, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु

Recent Posts

  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.