धनगढी, ११ जेठ । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ को कार्यालयले बालबालिकालाई मध्यपान, धुम्रपान तथा सूर्तिजन्य पदार्थ बिक्री वितरण गर्न नपाइने नियम लगाएको छ।
बुधवार वडाअध्यक्ष गजेन्द्र शाहीले एक सूचना जारी गर्दै १६ वर्ष मुनिका बालबालिकालाई मध्यपान, धुम्रपान तथा सूर्तिजन्य पदार्थ बिक्री वितरण नगर्न वडा क्षेत्रमा रहेका पसल तथा होटलहरुलाई आग्रह गरेका हुन्।
उनले अभिभावकहरुको गुनासोपछि उक्त निर्णय गरेको सूचनामा उल्लेख गरेका छन्। साथै सूचनाको बेवास्ता गरी त्यस्तो कार्य गरेकमा प्रचलित कानुन अनुसार कारबाही हुने समेत वडा कार्यालयले जनाएको छ।