विबेक नागरी
धनगढी, १४ कार्तिक- सुदूरपश्चिम ११ स्पोर्टस क्लव धनगढीको टिमका खेलाडीहरु फुटवल प्रतियोगिता खेल्न भारत गएको छ । हरेक बर्ष हुने भारतको उत्तरप्रदेश राज्यको चम्पावतमा हुने अलईन्डीया काली कुमाउ कप खेल्न बिहिबार सो तर्फ प्रस्थान गरेको हो । धनबहादुर थापाको कप्तानीमा १७ जान खेलाडीको टोलीको टिभ व्यबस्थापक बिरेन्द्र चन्द रहेका छन् ।
खेलाडीहरुलाई आजै एक कार्यक्रम बिच धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले बिदाई गरेका हुन् । बिदाई गर्दै भारतमा गएर सुदूरपश्चिम प्रदेशका साथै धनगढीको पनि नाम उच्च राख्न अनुरोध गरे । खेलले नै शारिरिक स्वस्थ साथै समाजको नाम पनि उच्च राख्ने भएकोले खेलकुदमा लाग्न मेयर वडले आग्रह गरे । मेयर वडले चप्पावतमा भएर उत्कृष्ट प्रदर्शन गरेर आफ्नो क्षेत्रको छाप छोडेर आउन गरे ।
सुदूरपश्चिम ११ स्पोर्टस क्लव धनगढीका अध्यक्ष सुरेश हमालले हरेक बर्ष चम्पावतमा हुने अलईन्डीया काली कुमाउ कपमा सहभागि हुदै आएको जानकारी दिए । गत बर्षको प्रतियोगितामा सुदूरपश्चिम ११ स्पोर्टस क्लवको टिम फाईनलमा दिल्ली स्पोर्टस क्लव संग पराजित भएको थियो ।
खेलाडी बिदाई कार्यक्रममा धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड, अखिल नेपाल फुटवल संघका केन्द्रीय सदस्य प्रकाश बिष्ट र सुदूरपश्चिम ११ स्पोर्टस क्लव धनगढीका अध्यक्ष सुरेश हमाले संयुक्त रुपमा धनगढीबाट बिदाई गरेका हुन् । हरेक बर्ष स्पोर्टस क्लव वेयलफेर सोसाईटी, चम्पावतले अलईन्डीया काली कुमाउ कप आयोजना गर्दै आएको छ ।
