धनगढी, ८ जेठ । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडा अध्यक्षमा नेपाली काँग्रेसका महेन्द्र खड्का प्यानलसहित विजयी भएका छन्। उनी १३५८ मत प्राप्त गर्दै विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारले ७५१ मत पाए। राप्रपाका उम्मेदवारले ५२५ र नेकपा एकीकृत समाजवादीका उम्मेदवारले २४९ मत पाए।