धनगढी, ५ जेठ । स्थानीय तह निर्वाचनको मत गणना जारी छ । हालसम्म सुदूरपश्चिम प्रदेशका ८८ मध्ये ७६ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
सार्वजनिक मत परिणामअनुसार नेपाली कांग्रेस अग्रस्थानमा रहेको छ । उक्त पार्टीले ३४ स्थानीय तह जितेको छ । दोस्रोमा रहेको नेकपा एमालेले २३ पालिका जित्दा नेकपा माओवादी केन्द्रले १३ पालिकामा प्रमुख जितेको छ ।
प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले ३ र एकीकृत समाजवादीले २ पालिका जितेका छन् । एउटा पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । प्रदेशको एकएक वटा उपमहानगरपालिका र गाउँपालिका तथा ९ नगरपालिकाको अन्तिम मत परिणाम आउन बाँकीे छ ।
नेपाली कांग्रेसले जितेका स्थानीय तह
१० डोटीको बडीकेदार गाउँपालिका – भैरवबहादुर साउद
२० बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका – भरत रोकाया
३० बैतडीको शिवनाथ गाउँपालिका – कर्णसिंह साउद
४० डडेल्धुराको नवदुर्गा गाउँपालिका – लक्ष्मीप्रसाद अवस्थी
५० अछामको ढकारी गाउँपालिका – प्रकाशबहादुर साउद
६० डडेल्धुराको गन्यापधुरा गाउँपालिका – इन्द्रबहादुर कार्की
७० डोटीको आदर्श गाउँपालिका – गणेशबहादुर खड्का
८० अछामको कमलबजार गाउँपालिका – यज्ञप्रसाद ढकाल
९० अछामको बान्नीगणी जयगढ गाउँपालिका – टेकबहादुर साउद
१०० कञ्चनपुरको बेलडाँडी गाउँपालिका – हरिशचन्द्र राना
११० बैतडीको सिगास गाउँपालिका – हरिसिंह धामी
१२० बझाङको बुंगल नगरपालिका – जयबहादुर धामी
१३० बझाङको मष्टा गाउँपालिका – ज्ञानबहादुर बोहरा
१४० डोटीको पूर्वीचौकी गाउँपालिका – रामप्रसाद उपाध्याय
१५० अछामको रामारोशन गाउँपालिका – मानबहादुर साउद
१६० डोटीको सायल गाउँपालिका – धर्मराज जोशी
१७० बैतडीको पाटन नगरपालिका – गौरीसिंह रावल
१८० डडेल्धुराको अमरगढी नगरपालिका – डिल्लीराज जोशी
१९० अछामको चौरपाटी गाउँपालिका – भीमबहादुर साउद
२०० बझाङको खप्तडछान्ना गाउँपालिका – उत्तम रोकाया
२१० बझाङको वित्थडचिर गाउँपालिका – अमरसिंह महर
२२० डोटीको दिपायल सिलगढी नगरपालिका – बाजिसिंह खड्का
२३० बझाङको सुर्मा गाउँपालिका – खडक बोहरा
२४० बाजुराको हिमाली गाउँपालिका – गोविन्दबहादुर मल्ल
२५० डोटीको केआईसिंह गाउँपालिका – लोकेन्द्रबहादुर शाही
२६० बाजुराको त्रिवेणी नगरपालिका – कर्णबहादुर थापा
२७० डोटीको शिखर नगरपालिका – दीर्घ बलायर
२८० डडेल्धुराको पर्शुराम नगरपालिका – भरत बडायर जोशी
२९० बाजुराको हिमाली गाउँपालिका – गोविन्दबहादुर मल्ल
३०० बझाङको जयपृथ्वी नगरपालिका – चेतराज बजाल
३१० बैतडीको पुर्चौंडी नगरपालिका – दीपकबहादुर बम
३२० कैलालीको गोदावरी नगरपालिका – वीरेन्द्र भट्ट
३३० कैलालीको कैलारी गाउँपालिका – राजसमझ चौधरी
३४० कञ्चनपुरको वेदकोट नगरपालिका – भोजराज बोहरा
नेकपा एमालेले जितेका स्थानीय तह
१० बझाङको साइपाल गाउँपालिका – मानबहादुर बोहोरा
२० बझाङको थलारा गाउँपालिका – प्रकाश रोकाया
३० दार्चुलाको महाकाली नगरपालिका – नरसिंह चैसिर
४० बैतडीको पञ्चेश्वर गाउँपालिका – गोरखबहादुर चन्द
५० दार्चुलाको शैल्यशिखर नगरपालिका – विजयसिंह धामी
६० डोटीको जोरायल गाउँपालिका – दुर्गादत्त ओझा
७० कञ्चनपुरको लालझाडी गाउँपालिका – निर्मल राना
८० बाजुराको गौमुल गाउँपालिका – हरिबहादुर रोकाया
९० कैलालीको चुरे गाउँपालिका – चक्रबहादुर बोगटी
१०० दार्चुलाको मालिकार्जुन गाउँपालिका – हीरासिंह धामी
११० दार्चुलाको दुहुँ गाउँपालिका – नरेन्द्रबहादुर बडाल
१२० बैतडीको दशरथचन्द नगरपालिका – पुष्करराज जोशी ९लख्खाभाइ०
१३० बाजुराको खप्तड छेडेदह गाउँपालिका – दिलबहादुर रावत
१४० बैतडीको सुर्नया गाउँपालिका – अम्मर कुँवर
१५० बझाङको तलकोट गाउँपालिका– कलकबहादुर रोकाया
१६० दार्चुलाको व्यास गाउँपालिका – मंगलसिंह धामी
१७० अछामको तुर्माखाद – डम्मरबहादुर बिसी
१८० कैलालीको बर्दगोरिया गाउँपालिका – कर्णबहादुर कुँवर
१९० बाजुराको बडिमालिका नगरपालिका – अमरबहादुर खड्का
२०० बैतडीको दोगडाकेदार गाउँपालिका – चक्रबहादुर कार्की
२१० बाजुराको जगन्नाथ गाउँपालिका – कालीबहादुर शाही
२२० कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका – किशोर लिम्बू
२३० अछामको मंगलसेन नगरपालिका – पदमबहादुर बोहरा
नेकपा माओवादी केन्द्रले जितेका स्थानीय तह
१० दार्चुलाको नौगाड गाउँपालिका – दलजीत सिंह धामी
२० दार्चुलाको मार्मा गाउँपालिका – जमनसिंह धामी
३० दार्चुला अपिहिमाल गाउँपालिका – भक्तसिंह ठेकरे
४० डडेल्धुरा आलिताल गाउँपालिका – शेरसिंह पार्की
५० डोटीको बोकटान फुड्सिल गाउँपालिका – कमलबहादुर गड्सिला
६० दार्चुलाको लेकम गाउँपालिका – रामदत्त जोशी
७० बैतडीको मेलौली नगरपालिका – भीमबहादुर चन्द
८० बझाङको दुर्गाथली गाउँपालिका – दिलबहादुर थापा
९० डडेल्धुराको अजयमेरु गाउँपालिका – उमेशप्रसाद भट्ट
१०० अछामको मेल्लेख गाउँपालिका – ज्वाला साउद
११० कञ्चनपुरको बेलौरी नगरपालिका – पोतिलाल चौधरी
१२० कैलालीको मोहन्याल गाउँपालिका – देवीदत्त उपाध्याय ‘हिमशिखर’
१३० बझाङको छविसपाथिभेरा गाउँपालिका – वसन्त चलाउने
नागरिक उन्मुक्ति पार्टीले जितेका स्थानीय तह
१० कैलालीको टीकापुर नगरपालिका – रामलाल डगौरा थारु
२० कैलालीको जोशीपुर गाउँपालिका – चित्रबहादुर चौधरी
३० कैलालीको भजनी नगरपालिका – केवल चौधरी
नेकपा (एकीकृत समाजवादी) ले जितेका स्थानीय तह
१० कैलालीको घोडाघोडी नगरपालिका – खडकबहादुर रावत
२० केदारस्युँ गाउँपालिका – गणेश बोहरा
स्वतन्त्र उम्मेदवार जितेका स्थानीय तह
१० बैतडीको डिलासैनी गाउँपालिका – सन्तोषप्रकाश जोशी