धनगढी, ५ जेठ । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ को वडा अध्यक्षमा काँग्रेसका गगनसिंह धामी विजयी भएका छन्। उनी ७१३ मत ल्याउँदै विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उपेन्द्रबहादुर कुँवरले ५७९ मत प्राप्त गरे। राप्रपाका कमलेश सिंहले ५११ र नेकपा एमालेका डबलबहादुर सिंहले २३२ मत प्राप्त गरे।