धनगढी, ४ जेठ । सुदूरपश्चिम प्रदेशमा पनि वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। बुधबारसम्म प्रदेशमा नेकपा एमालेले २३ पालिकामा जित निकालेको छ।
८८ मध्ये ६८ वटा स्थानीय तहमा मतगणना सम्पन्न भएकोमा २३ पालिकामा जित निकाल्दै एमाले दोस्रो दल बनेको छ। पहिलो दल भने कांग्रेस बनेको छ। उसले अहिलेसम्म ३२ ठाउँमा जितेको छ।
नेकपा एमाले विजयी भएका पालिकाहरूः
१० बझाङको साइपाल गाउँपालिका– मानबहादुर बोहोरा विजयी
२० बझाङको थलारा गाउँपालिका– प्रकाश रोकाया विजयी
३० दार्चुलाको महाकाली नगरपालिका– नरसिंह चैसिर
४० बैतडीको पन्चेश्वर गाउँपालिका– गोरखबहादुर चन्द
५० दार्चुलाको शैल्यशिखर नगरपालिका– विजयसिंह धामी
६० डोटीको जोयारल गाउँपालिका– दुर्गादत्त ओझा
७० कञ्चनपुरको लालझाडी गाउँपालिका– निर्मल राना
८० बाजुराको गौमुल गाउँपालिका– हरिबहादुर रोकाया
९० कैलालीको चुरे गाउँपालिका– चक्रबहादुर बोगटी
१०० दार्चुलाको मालिकार्जुन गाउँपालिका– हिरासिंह धामी
११० दार्चुलाको दुहुँ गाउँपालिका– नरेन्द्रबहादुर वडाल
१२० बैतडीको दशरथचन्द नगरपालिका– पुष्करराज जोशी ९लख्खाभाइ०
१३० बाजुराको खप्तड छेडेदह गाउँपालिका– दिलबहादुर रावत
१४० बैतडीको सुर्नया गाउँपालिका– अम्मर कुँवर
१५० बझाङको तलकोट गाउँपालिका– कलकबहादुर रोकाया
१६० दार्चुलाको व्यास गाउँपालिका– मंगलसिंह धामी
१७० अछामको तुर्माखाद– डम्मरबहादुर बिसी
१८० कैलालीको बर्दगोरिया गाउँपालिका– कर्णबहादुर कुँवर
१९० बाजुराको बडिमालिका नगरपालिका– अमरबहादुर खड्का
२०० बैतडीको दोगडाकेदार गाउँपालिका– चक्रबहादुर कार्की
२१० बाजुराको जगन्नाथ गाउँपालिका– कालीबहादुर शाही
२२० कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका– किशोर लिम्बू
२३० अछामको मंगलसेन नगरपालिका– पदमबहादुर बोहरा