धनगढी, ४ जेठ । सुदूरपश्चिम प्रदेशमा पनि वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। बुधबारसम्म प्रदेशमा नेकपा माओवादी केन्द्रले १२ पालिकामा जित निकालेको छ।
८८ मध्ये ६८ वटा स्थानीय तहमा मतगणना सम्पन्न भएकोमा १२ पालिकामा जित निकाल्दै माओवादी तेस्रो दल बनेको छ। पहिलो दल कांग्रेस बनेको छ भने एमाले दोस्रोमा छ।
नेकपा माओवादी केन्द्र विजयी भएका पालिकाहरूः
१० दार्चुलाको नौगाड गाउँपालिका– दलजीत सिंह धामी
२० दार्चुलाको मार्मा गाउँपालिका– जमनसिंह धामी
३० दार्चुला अपिहिमाल गाउँपालिका– भक्तसिंह ठेकरे
४० डडेल्धुरा आलिताल गाउँपालिका– शेरसिंह पार्की
५० डोटीको बोकटान फुड्सिल गाउँपालिका– कमलबहादुर गड्सिला
६० दार्चुलाको लेकम गाउँपालिका– रामदत्त जोशी
७० बैतडीको मेलौली नगरपालिका– भीमबहादुर चन्द
८० बझाङको दुर्गाथली गाउँपालिका– दिलबहादुर थापा
९० डडेल्धुराको अजयमेरु गाउँपालिका– उमेशप्रसाद भट्ट
१०० अछामको मेल्लेख गाउँपालिका– ज्वाला साउद
११० कञ्चनपुरको बेलौरी नगरपालिका– पोतिलाल चौधरी
१२० कैलालीको मोहन्याल गाउँपालिका– देवीदत्त उपाध्याय ‘हिमशिखर’