टीकापुर १३ कार्तिक
कैलालीको टीकापुरमा देउसी–भैलो खेल्ने क्रममा सहकर्मीमाथि कुटपिट गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय टीकापुरले आफ्नै सहकर्मीलाई कुटपिट गर्ने टीकापुरकै निरत रावललाई पक्राउ गरेको हो। उनले टीकापुर नगरपालिका वडा नम्बर १ बस्ने आफ्नै सहकर्मी डम्बर साउँद र खेमराज घिमिरेमाथि कुटपिट गरी घाईत बनाएका छन्।
ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरिक्षक मनोहर भट्टले दुवै पक्षबिचको झडपका क्रममा साउँदलाई चोट लागेको देखिएकाले निरतलाई पक्राउ गरिएको बताए। घाईतेहरुको टीकापुर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।