काठमाडौं, ४ जेठ । कृष्णपुर नगरपालिका कञ्चनपुरमा पछिल्लो प्राप्त नतिजाअनुसार ९ हजार ६६१ मतगणना भएको छ । उक्त मतगणना हुँदा नेपाली कांग्रेले अग्रता कायम राखेको छ ।
कांग्रेस उमेदवार हेमरजा ओझाले ३ हजार ३९४ मत प्राप्त गरेका छन् । एमालेका उमेदवार लोकराज पन्तले २ हजार ९०१ मत ल्याउँदा माओवादी केन्द्रका उमेदवार जोगराम चौधरीले २ हजार ८३ मत प्राप्त गरेका छन् ।
नगरउपप्रमुखतर्फ कांग्रेस उमेदवार द्रोपती रानाले ३ हजार २७२ मत प्राप्त गर्दा एमालेबाट रमिता बडायकले २ हजार ९ र माओवादी केन्द्रका उमेदवार गीता मल्लले १९९० मत प्राप्त गरेकी छन् ।
अहिलेसम्म वडा नम्बर १ र ९ न मा कांग्रेस वडाध्यक्षसहित प्यानल विजयी भएको छ । वडा नम्वर १ मा मोहन बस्नेतको प्यानल र ९ मा कैलाश बलायरको प्यानल नै विजयी भएको छ ।