धनगढी, ४ जेठ । कैलालीको मोहन्याल गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका देवीदत्त उपाध्याय निर्वाचित भएका छन ।
नेकपा एमालेका उम्मेदवार धरमबहादुर थापालाई पराजित गर्दै उपाध्याय गाउ“पालिका अध्यक्षमा निर्वाचित भएका हुन । उनले तीन हजार एक सय ३४ मत प्राप्त गरेका छन भने प्रतिष्पर्धि थापाले दुई हजार सात सय १५ मत प्राप्त गरेका हुन ।
यस्तै उपाध्यक्षमा नेपाली का“ग्रेसका उम्मेदवार कमलबहादुर साउद निर्वाचित भएका छन । उनले तीन हजार तीन सय ३९ मत प्राप्त गरेका छन । उनका प्रतिष्पर्धि नेकपा एमालेका उम्मेदवार सरस्वती देवी रावल विष्टले दुई हजार तीन सय तीन मत प्राप्त गरेकी थिइन । सो गाउँपालिकामा सात हजार सात ९० मत खसेको थियो ।