धनगढी, ३ जेठ । कैलालीको गोदावरी नगरपालिका वडा नं ९ को वडाध्यक्षमा कांग्रेसका रामलाल राना विजयी भएका छन्। निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका होलुवा डगौरा थारुलाई ८ मतले पराजित गर्दै राना वडाध्यक्षमा निर्वाचित भएका हुन्।
रानाले ७ सय ३१ मत प्राप्त गरे भने उनका प्रतिष्पर्धि नेकपा एमाले होलुवा डगौरा थारुले ७ सय २३ मत प्राप्त गरे। उक्त वडाको सदस्यहरुमा भने एमालेका सबै उम्मेदवारहरु विजयी भएका छन्।