धनगढी, २ जेठ । सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले फराकिलो मतान्तर बनाइरहेका छन्। शनिबारदेखि मतगणना सुरू भएकोमा अहिलेसम्म १० हजार ३२९ गणना भएको छ। जसमा हमालले ४ हजार ५३८ मत पाएका छन्।
यस्तै सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले २ हजार ४२८, नेकपा एमालेका रणबहादुर चन्दले ११४० मत पाएका छन्। यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले २ हजार १३८, एमालेकी कन्दकला रानाले १ हजार ९३८ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार २५६ मत पाएका छन्।
मतगणना शनिबार साढे १२ बजेदेखि सुरु भएको थियो। शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए। उपमहानगरमा ९७ जना जनप्रतिनिधि चुन्नका लागि मतदान भएको हो।