धनगढी, २ जेठ । कैलालीको घोडाघोडी नगरपालिका १मा नेपाली नेपाली कांग्रेस विजयी भएको छ ।नगरपालिकाको वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार घनश्याम ओझा विजयी भएका हुन्।
उनी ११ सय ३८ मत ल्याई विजय भएका हुन् । महिला सदस्यमा भने एमालेकी कृष्णा चौधरी १हजार ५१ मत ल्याएर विजयी भएकी छन्। दलित महिला सदस्यमा पनी नेकपा एमालेकी जुना सुनार १ हजार ६३ मत सहित विजयी भएकी छन्।
खुला सदस्यद्वय कांग्रेसका धुर्ब गौतम १हजार ९३ अमन चौधरी १हजार ३९ मत ल्याई विजयी भएका छन् ।यो वडामा २०७४ को निर्वाचनमा एमालेका मनराज शाहीले प्यानल सहित जितेका थिए।