धनगढी, २ जेठ । कैलालीको चुरे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका चक्रबहादुर बोगटी निर्वाचित भएका छन्। सत्तारुढ ५ दलको समर्थन पाएका नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई पराजित गर्दै उनी विजयी भएका हुन्। बोगटीले ३ हजार ३०५ मत पाएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका लोकबहादुर सारुमगरले ३ हजार २८१ मत ल्याएका छन्। यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकी धाना थापा निर्वाचित भएकी छन्। थापाले ३ हजार ४४९ मत ल्याएर विजयी हुँदा प्रतिद्वन्द्वी एमालेकी दीपादेवी साउदले तीन हजार १२१ मत पाएकी छन्।