बझाङ, २ जेठ । बझाङको मष्टा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्। गाउँपालिका अध्यक्षमा ज्ञानबहादुर बोहोरा, उपाध्यक्षमा हर्कबहादुर धामीसहित ६ वडामा गठबन्धन विजयी भएको हो।
अध्यक्षमा सत्ता गठबन्धनका प्रमुख तीन दलको तालमेल रहेको मष्टा गाउँपालिकाको अध्यक्षमा ज्ञानबहादुर बोहराले ३ हजार ८३ मत ल्याए।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दीपक रोकायाले २ हजार ३ सय ३७ मत प्राप्त गरेका छन्।
बोहरा २०७४ सालको स्थानीय तह चुनावमा नेकपा एमालेका कर्ण कठायतसँग पराजित भएका थिए। यसैगरी, गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका हर्कराज धामीले ४ सय ८७ मतले नेकपा एमालेकी शर्मिला रोकायालाई पछि पार्दै निर्वाचित भए।
हर्कराजले २ हजार ८ सय १७ मत पाउँदा शर्मिलाले २ हजार ३ सय ३० मत मात्रै प्राप्त गरिन्। मष्टाका ६ वटा वडामा पनि गठबन्धनकै उम्मेदवार विजयी भएका छन्।