धनगढी, १ जेठ । धनगढी उपमहानगरपालिका स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायम राखेका छन्।
सुरुवातदेखि नै अग्रता लिएका हमालले वडा नम्बर १ मा मात्रै सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडभन्दा ८ सय बढी मत पाएका छन्। यस्तै वडा नम्बर २, १८ र १९ मा पनि गणना सुरु भएकोमा ती वडामा पनि काँग्रेसका उम्मेदवार वडभन्दा बढी मत पाएका छन्।
अहिलेसम्म ५ हजार १२६ मतगणना हुँदा हमालले २ हजार २६६, वडले १ हजार ३६० र एमालेका रणबहादुर चन्दले ४२४ मत पाएका छन्। यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले लिड यथावत राखेकी छिन्। उनलाई स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारी र एमालेकी कन्दकला रानाले पछ्याइरहेका छन्।