धनगढी, १० कातिक
धनगढी उप–महानगरपालिका १६ थारु होमस्टे गाउँ भादाले दिपावली मेला कार्यक्रमको आयोजना गरेको छ ।
दिपावलीको धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले दिप बालेर उद्घाटन गरेका छन् । दिपावली मेला अन्तरगत भादा होमस्टेमा आउने पाहुनाको बिशेष स्वागत गर्ने कार्यक्रम रहेको बताईएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रम्ख वडले भदा देशकै १ सय वटा पर्यटकिय गन्तब्य भित्र पार्न सफल भएको बताए । उनले भने, यो पर्यटन बर्ष हो त्यसैले यस किसिमका कार्यक्रमहरु आवश्यक छन् ।
दीपावली गरी हर्षोल्लासका मनाइने यस चाडले सम्पूर्ण नेपालीहरुको मुहारमा उज्यालोपन ल्याउन सकोस, आपसी मेलमिलाप, भातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बन्ने नगरप्रमुख वडले बताए । धनगढी उप–महानगरपालिकाले हरेक जाति, बर्ग, क्षेत्र, धर्म र समुदायका चाडपर्वलाई समान प्राथमिकता दिदै आएको अवगत गराउन चाहन्छौं नगरप्रमुख वडले भने, दीपावलीलाई अनावश्यक खर्चिलो, भड्किलो नबनाउन आमनगरवासीमा अनुरोध गर्दछौं ।
होमस्टे गाउँ भादामा दिपावली मेला
होमस्टे गाउँ भादामा दिपावली मेला