धनगढी, १ जेठ । धनगढी उपमहानगरपालिका स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायम छ। सुरुवातदेखि नै अग्रता लिएका हमालले ३ हजार १५३ मतगणना हुँदा १ हजार ४७२ मत पाएका छन्।
यस्तै सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ८६३ मत पाएका छन्। हमाल र वडबीच ६०९ मतको अन्तर छ। यस्तै नेकपा एमालेका रणबहादुर चन्दले १५४ मत पाएका छन्।
यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ७६८ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ५११ मत पाएका छन्। यो जोडमा वडा नम्बर १९ को मत जोडिएको छैन। अहिले वडा नम्बर १ र १९ को मतगणना भइरहेको छ। वडा नम्बर १ मा हालसम्म मेयरका लागि दिइएका ६३० मत बदर भएका छन्।
शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए। उपमहानगरमा ९७ जना जनप्रतिनिधि चुन्नका लागि मतदान भएको हो।