धनगढी १ जेठ/बझाङको साइपाल गाउँपालिकाको गठबन्धनका उम्मेदबारलाई झिनो मतान्तरले पछार्दै अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा एमालेका मानबहादुर बोहरा ६७५ मत ल्याएर विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार उज्वल बोहराले ६१३ मत ल्याएका छन् भने त्यस्तै उपाध्यक्षमा एमालेकी डोल्मा तामाङ ६७५ मत ल्याएर विजयी भएकी छिन् । उनकी प्रतिस्पर्धी बाटु बोहराले ६१९ मत ल्याईन् ।
त्यसैगरी वडा नम्बर १ मा प्यानलसहित एमालेका नरेन्द्र धामी विजयी भएका छन् । वडा नम्बर २ मा गठबन्धनबाट काँग्रेसका हरिलाल बोहरा बिजयी भएका छन् । वडा नम्बर ३मा एमालेका गोरख बोहरा प्यानलसहित विजयी भएका छन् । वडा नम्बर ४ मा गठबन्धनबाट काँग्रेसका जयसिंह रोकाया प्यानलसहित विजयी भएका छन् भने वडा नम्बर ५ मा एमालेका जयपाल बोहरा प्यानलसहित विजयी भएका छन् ।