काठमाडौं, १ जेठ । कञ्चनपुरस्थित वेदकोट नगरपालिकामा मेयर र उपमेयर दुवैमा नेपाली कांग्रेस अग्रता कायम राखेको छ ।१८५३ मत गणनामा मेयरमा कांग्रेसका भोजराज बोहराले ६७५ र उपमेयरमा तुलसीदेवी जोशीले ६०४ मत प्राप्त गरेकी छन् ।
प्रतिद्वन्द्वी नेकपा एमालेका मेयरका उमेदवार सुशिला सिंहले ४८४ मत र उपमेयरमा पार्वती भट्टले ५६९ मत पाएकी छन् ।माओवादी र एकीकृत समाजवादीको गठबन्धनबाट समाजवादीका मेयरका उमेदवार रामचन्द्र रेग्मीले ३५८ मत र उपमेयरमा माओवादीकी हीरा जैशीले २५० मत प्राप्त गरेकी छन् ।