धनगढी, ३० वैशाख । कञ्चनपुरको पुनर्वास नगरपालिका १० स्थित विजय माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा विवादका कारण मतदान रोकिएको छ। फर्जी मतदाताबाट मतदान गरिएको भन्दै दिउँसोदेखि विवाद बढेपछि मतदान पुर्ण रुपमा रोकिएको हो।
पुनर्वासका निर्वाचन अधिकृत किरण जोशीका अनुसार विवादपछि लामो समयसम्म सर्वदलीय बैठक मार्फत छलफल हुँदा समेत सहमति नभएपछि मतदान सारिएको छ। तर, कहिले हुने भन्ने विषयमा चाहि एकिन नभएको उनले बताए। निर्वाचन कार्यालयको निर्देशन अनुसार निर्वाचन प्रक्रिया अघि बढाईने उनको भनाइ छ।