काठमाडौँ, २४ वैेशाख ।सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा बुटवल पुगेका छन्। उनी भर्खरै नेपाली सेनाको हेलिकोप्टरमार्फत बुटवल पुगेका हुन्। देउवा आजै बुटवलबाट तनहुँ र जनकपुरधामको चुनावी सभालाई सम्बोधन गर्न जाने कार्यक्रम छ।
कांग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नका लागि देउवा बुटवल पुगेको उनको सचिवालयले जनाएको छ। देउवा शुक्रबार काठमाडौं र बिहीबार भरतपुरमा आयोजित संयुक्त चुनावी सभामा सहभागी भएका थिए।काठमाडौंको चुनावी सभामा जाँदा देउवाले निजी गाडी प्रयोग गरेका थिए।