धनगढी २३ चैत/कैलालीको धनगढी उपमहानगरपालिकासहित पा“च वटा स्थानीय तहमा आजदेखि टाइफाइड विरुद्धको खोप अभियान सुरु भएको छ ।नेपाल सरकारले देशभरी आगामी २५ गतेदेखि खोप अभियान सुरु गर्ने निर्णय गरेको भए पनि कैलालीका पा“च स्थानीय तहमा आजदेखि नै अभियानका रुपमा सुरु गरिएको हो ।
अभियानको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ स्थित पञ्चोदय माध्यामिक विद्यालयमा सामाजिक विकास मन्त्री लालबहादुर खडका र धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले स्वास्थ्यकर्मीहरुलाई खोप हष्तान्तरण गरेर संयूक्त रुपमा समुदघाटन गरेका हुन ।
सो अवसरमा बोल्दै मन्त्री खडकाले खोप कार्यक्रमलाई प्रभावकारी बनाउन प्रदेश सरकार लागिरहेको बताए । उनले कोभिडविरुद्धको खोप सतप्रतिशत रुपमा उपलब्ध गराउने सुदूरपश्चिम प्रदेश सरकार रहेको बताए ।उनले टाइफाइडविरुद्धको अभियान सुरु गर्ने पनि सुदूरपश्चिम प्रदेश रहेको बताए । मन्त्री खडकाले अभियानलाई सफल बनाउन सबै बालबालिकाले खोप अभियानमा सहभागि हुन आग्रह गरे । ‘कोही पनि नछुटुन, कोही पनि नदोहोरिउन भन्ने उद्देश्यसहित प्रदेश सरकारले यो अभियान शुरु गरेको छ’ उनले भने –‘यो अभियानमा सबै बालबालिकालाई खोपको पहु“चमा ल्याउन स्वास्थ्यकर्मी, आमा समुह, महिला स्वास्थ्यकर्मी लगायतको सहभागिता आवश्यक रहेको छ ।’
नगर प्रमुख वडको अध्यक्षतामा भएको कार्यक्रममा धनगढी उपमहानगरपालिका उपप्रमुख शुशिला मिश्र भट्ट, वडा नम्बर ५ का वडा अध्यक्ष हिरासिंह पातली, स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालसिंह धामी, धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण बोहरा लगायतको सहभागिता रहेको थियो ।जिल्ला स्वास्थ्य कार्यालय, कैलालीका अनुसार बुधबारदेखि धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका तथा जोशीपुर, बर्दगोरिया र जानकी गाउ“पालिकामा खोप अभियान सुरु गरिएको हो । बा“की आठ पालिकामा भने आगामी २५ गतेदेखि अभियान शुरु गरिने छ ।कैलालीमा दुई लाख ४९ हजार ४८ बालबालिकालाई टाइफाइड विरुद्धकोे खोप लगाउने लक्ष्य रहेको छ । खोप अभियानका लागि नौ सय २४ खोप केन्द्र र एक हजार नौ सय ३३ खोप सेसन स्थापना गरिएका छन्।
कैलालीमा विद्यालयमा रहेका दुई लाख आठ हजार आठ सय २८ तथा विद्यालय बाहिर रहेका ४० हजार दुई सय २० बालबालिका सबैलाई खोप प्रदान गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । १५ महिनादेखि १५ वर्ष उमेरसम्मका बालबालिकालाई टाइफाइड विरुद्धको खोप प्रदान गरिने छ ।उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण बोहराले उपमहानगरपालिकाका विद्यालयमा आगामी बैशाख २ गतेसम्म टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन हुने बताए । उनका अनुसार उपमहानगरपालिकामा ५७ हजार सात सय ८२ जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने लक्ष्य राखेको छ ।
देशभर यो कार्यक्रम २५ गतेदेखि लागु हुने भए पनि धनगढीका अधिकांश विद्यालयले परीक्षाको मिति तोकिसकेकाले २३ गतेदेखि नै सञ्चालन गर्न लागिएको स्वास्थ्य शाखा प्रमुख बोहराले बताए ।उपमहानगरपालिका भित्र एक सय ३२ खोप केन्द्र र एक सय ४१ खोप सेसन संख्या रहने छन्। त्यस्तै, तीन सय ३० महिला स्वास्थ्य स्वयंसेविका र ८६ जना स्वास्थ्यकर्मी परिचालन गरिने जनाइएको छ ।यो खोप लगाउँदा खोप लगाएको ठाउँ रातो हुने, चिलाउने, सामान्य ज्वरो आउने लगायतका समस्या देखिए पनि जटिल प्रकारको समस्या नआउने बोहराले बताए ।
सरकारले टाइफाईडविरुद्धको खोपलाई नियमित खोपका रुपमा अघि बढाउन देशभरीनै पहिलो चरणमा अभियानका रुपमा अघि बढाउने तयारी गरेको थियो । ‘विश्वभरी अहिले २५ प्रकारका खोपहरू नियमित रुपमा समावेश गरिएको छ’ उनले भने– नेपाल हालसम्म १२ प्रकारका खोपहरूमात्र नियमित रहेका छन् । अगामी साउनदेखि टाईफाइडविरुद्धको खोपलाई नियमित खोपमा राखि १३ प्रकारका खोप समावेश गरिने छ ।
प्रति एक लाख जनसंख्यामा एक सय भन्दा बढी संक्रमण दर भएमा सो अवस्थालाई रोगको उच्च दरमा वर्गिकरण गरिएको छ । ‘यो अवस्थाको आधारमा नेपालमा टाइफाईड रोगको संक्रमण र जोखिमको दर रहेको छ’ उनले भने ‘नेपालमा विगत ५ वर्षको तथ्यांक अनुसार हरेक वर्ष करिव चार लाख ५० हजार जना टाइफाईडबाट संक्रमित हुने गरेको छ । विगत ३ वर्षको तथ्यांक अनुसार पानी र खानेकुराबाट हुने संक्रमाक रोगहरूमध्ये टाईफाइड तेस्रो स्थानमा रहेको छ । अस्पताल भर्ना हुने विरामीहरू मध्ये चौथो करण यहि रोग रहेको छ ।’ उनका अनुसार नेपालमा हरेक वर्ष करिव दुई हजारदेखि दुई हजार पा“च सय टाइफाईड संक्रमित हुने गरेको छ । यस आधारमा ११ हजार एक सय ५७ प्रति लाख जना टाइफाईड संक्रमित रहेका छन् ।