धनगढी, २२ चैत/आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन चाहने आकांक्षीहरूले शुल्क तिर्नुपर्ने नेपाली काँग्रेस कैलालीले निर्णय गरेको छ ।मंगलबार बसेको पार्टीको बैठकले नगर प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र वडा अध्यक्ष एवं सदस्य पदका आकांक्षीहरूका लागि शुल्क निर्धारण गरेको छ।
पार्टीका जिल्ला सचिव केशव मिश्रका अनुसार नगर प्रमुख पदको आकांक्षीले सात हजार तथा उपप्रमुख पदका आकांक्षीले पाँच हजार रुपैया तिर्नुपर्ने छ ।
त्यस्तै, गाउँपालिका अध्यक्षले चार हजार, उपाध्यक्षले तीन हजार, वडा अध्यक्षले एक हजार र वडा सदस्य पदका आकांक्षीले पाँच सय रुपैया शुल्क तिर्नु पर्नेछ । त्यस्तै, बैठकले पार्टी सभापति नारायणदत्त भट्टको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ ।