काठमाडौँ, २२ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार पर्साको वीरगञ्जमा आयोजित सभालाई सम्बोधन गर्दैछन्।नेकपा एमालेका अध्यक्ष ओलीले मंगलबार वीरगञ्जको घण्टाघरस्थित बीपी उद्यानमा आयोजित सभालाई सम्बोधन गर्न काठमाडौंबाट पुगेका हुन्।
ओली बिहान ११ बजे काठमाडौं एयरपोर्टबाट सिमरा हुँदै वीरगञ्ज पुगिसकेका छन्। अध्यक्ष ओली र आमनागरिकको स्वगतमा १२ वटा प्रवेशद्वार बनाइएको छ।ओलीलाई वीरगञ्जमा स्वागत गरिएको छ। उनलाई सिमरा एयरपोर्टबाटै मोटरसाइकलको स्कर्टिङसहित वीरगञ्ज पुर्याइएको हो।