धनगढी, २२ चैत/कैलालीको अत्तरियास्थित पद्मा अस्पताल तोडफोड घटनाप्रति निजी स्वास्थ्य संस्था नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
गत शनिबार गोदावरी नगरपालिका–३ का विनोदकुमार बोहराको अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित भएका मृतकका आफ्न्तले अस्पतालमा तोडफोड गरेका थिए ।
स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा चिकित्सक र स्वास्थ्यकर्मीहरुको अथक प्रयासका बाबजुद पनि बिरामीको मृत्यु हुनु आफैमा दुःखदायी कुरा भएको जनाउँदै स्वास्थ्य क्षेत्रलाई नै बदनाम गराउने गरी गरिएको व्यवहार निन्दनीय भएको भन्दै अस्पताललाई उतिच क्षतिपूर्ति उपलब्ध गराउन विज्ञप्तिमार्फत माग गरिएको छ।