काठमाडौं,१९ चैत । घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक टी–२० शृङ्खलाअन्तर्गत अन्तिम खेलमा नेपालले आज मलेसियासँग खेल्दैछ ।यसअघि लगातार तीन खेल जित्दै फाइनल पुगिसकेको मलेसियालाई हराउँदै लिगमा अपराजित रहने लक्ष्यमा छ ।
नेपाल यसअघि पपुवा न्यूगिनी (पीएनजी) लाई १५ रन र ३७ रनले पराजित गरेको थियो भने मलेसियालाई ६ विकेटले हराएको थियो ।मलेसियालाई भने फाइनल पुग्न नेपाललाई हराउनै पर्नेछ । मलेसियाले पहिलो खेलमा पीएनजीलाई हराए पनि शुक्रबार भएको खेलमा पीएनजीसँग ८ विकेटले पराजित भएपछि अंकतालिकामा अन्तिममा छ ।
नेपालसँग मलेसिया पाराजित भए पीएनजीलाई फाइनल पुग्ने बाटो खुल्नेछ ।पीएनजीका लागि नेपाल र मलेसियाबीचको खेल महत्वपूर्ण बन्नेछ ।नेपाल र मलेसियाबीचको खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साढे १२ बजे सुरु हुनेछ ।
मलेसिया नेपालको लागि परिचित प्रतिद्वन्द्वी हो । अहिलेसम्म टी–२० मा नेपाल र मलेसियाबीच कुल १० खेल भइसकेका छन् । जसमा ७ खेल टी(२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त छ । त्यसमा नेपालले ६ खेल जितेको छ भने मलेसियाले एक खेल मात्र जितेको छ ।
नेपाल भर्सेस मलेसिया हेड टु हेड
टी–२०आई खेल – ७
नेपाल विजयी – ६
मलेसिया विजयी –१
२०१९ नेपाल इन मलेसिया टी–२० आई सिरिज
पहिलो खेलमा नेपाल ७ विकेटले विजयी
दोस्रो खेलमा नेपाल ६ रनले विजयी
२०१९ आईसीसी विश्वकप टी २० क्वालिफायर एसिया रिजन फाइनल
नेपाल ७ विकेटले विजयी
२०२० एसीसी इस्टर्न रिजन टी–२०
नेपाल २२ रनले पराजित
२०२१ त्रिकोणात्मक सिरिज
दोस्रो नेपाल ९ विकेटले विजयी
दोस्रो खेलमा नेपाल ६९ रनले विजयी
२०२२ त्रिकोणात्मक टी–२० श्रृंखला
नेपाल ६ विकेटले विजयी