काडमाडौँ, १८ चैत । कतारमा हुने फिफा विश्वकप २०२२ को ड्र शुक्रबार हुँदै छ। विश्वकपको ड्र आयोजना स्थल कतारको दोहामा हुनेछ।३२ राष्ट्र सहभागी हुने विश्वकपका लागि अहिलेसम्म आयोजक कतारसहित २९ देश छनोट भइसकेका छन्। विश्वकपका लागि अब ३ देश छनोट हुन बाँकी छन्।
विश्वकपमा सहभागी हुने ३२ देशलाई ४ वटा पटमा राखिनेछ। पट १ मा आयोजक कतारसँगै वरियताको सातौँ स्थानसम्म रहने टोली हुनेछन्।पट दुई मा आठौँ वरीयतादेखि १५ सम्म र १६ देखि २३ औँ वरीयतासम्मका टोली पट ३ मा रहनेछन्।
पट ४ मा २४ देखि २८ सम्मका टोली र अन्तरमहादेशीय छनोट र युईएफएका प्लेअफका टोली हुनेछन्।कतार विश्वकप २१ नोभेम्बर २०२२ देखि डिसेम्बर १८ सम्म हुनेछ।