काठमाडौँ, १७ चैत । त्रिकोणात्मक टी–२० शृङ्खलाअन्तर्गत बिहीबार नेपालले आफ्नो तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी)सँग खेल्दै छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल साढे १२ बजेबाट सुरु हुनेछ। यसअघि नेपालले पहिलो खेलमा पीएनजीमाथि १५ रनको जित हात पारेको थियो।
शृङ्खलामा नेपालले २ खेल जितिसकेको छ भने पीएनजीले दुवै खेल हारेको छ।नेपालले बुधबार भएको खेलमा मलेसियामाथि ६ विकेटको जित हात पारेको थियो।नेपालले शनिबार मलेसियासँग खेल्नेछ।